सिचाङमा नेपाल र चीनबीच बहुआयामिक छलफल हुँदै

IMG-20240903-WA0211

भद्रपुर: चीन अध्ययन केन्द्र नेपाल र अन्य साझेदार संस्थाका प्रतिनिधिसम्मिलित एक प्रतिनिधिमण्डल चीनको स्वायत्त प्रदेश सिचाङ (तिब्बत) तर्फ प्रस्थान गरेको छ। सो प्रतिनिधिमण्डलले सिचाङ विज्ञान प्रतिष्ठान (तिब्बत एकेडेमी अफ सोसिअल साइन्स, ल्हासा) ले तिब्बतको ल्हासामा सेप्टेम्बर पहिलो साता आयोजना गर्ने नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध (कनेक्टिभिटी) को प्रगति र सम्भावना विषयक कार्यक्रममा सहभागिता जनाउने प्रतिनिधिमण्डलका एक सहभागीले जानकारी दिएको छ।
सिचाङ (तिब्बत) विज्ञान प्रतिष्ठान र चाइना स्टडी सेन्टर लामो समयदेखि समकक्षी सम्बन्धमा छन्। कार्यक्रममा उक्त सेन्टरका सदस्य–सचिव प्रकाशबाबु पौडेल, कार्यकारी सदस्य डा. प्रकाश न्यौपाने, सहायक रथी (अ प्रा) सुरेश शर्मा र आश्विन गौतमको सहभागिता रहने चाइना स्टडी सेन्टरले जनाएको छ।
चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले तिब्बत स्वायत्त क्षेत्र चीनको जनसम्पर्कको पहिलो रेखा भएको जनाउँदै यो भ्रमण नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध (कनेक्टिभिटी) को प्रगति र सम्भावनाका बारेमा एकअर्काका विचार आदानप्रदानमा केन्द्रित रहने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement