मेचपाड़ामा ३१औँ नेपाली भाषा मान्यता दिवस पालनसितै भानुभक्त आचार्यको शालिग अनावरण

0-1-952dbda1-c9c5-4d87-bdc9-40c4f1b4f8b6

कालचिनी: ३१औँ नेपाली भाषा मान्यता दिवस सर्वत्र पालन भईरहेको क्रममा शनिबार कालचिनी खण्डको मेचपाड़ा चियाबारीको २ नम्बर लाईन स्थित शहीद सञ्जय तिर्की मेमोरियल खेल मैदान परिसरमा भाषा मान्यता दिवस समारोह साथै आदिकवि भानुभक्त आचार्यको शालिगको पनि अनावरण सम्पन्न भएको जानकारी आयोजक कमिटीको पक्षबाट सचिव महिपाल सुब्बाले दिएका छन्। सो अवसरमा मुख्य ‌अतिथिको रुपमा साहित्यनुरागी तथा डुनेसाविसको संस्थापक सदस्य सागर राई देवान लगायत साहित्यकार आसबहादुर सुब्बा, मेचपाड़ा चियाबारीको सुपरिटेन्डेन्ट विपिन कुमार गुप्ता, कालचिनी विधायक विशाल लामा, समाजसेवी पासाङ लामा, एवम् स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरुको आसन ग्रहण र अतिथि सत्कार पश्चात कार्यक्रमको मुख्य अतिथिहरुको बाहुलीबाट आदिकवि भानुभक्त आचार्यको शालिग अनावरण गरिएको थियो भने यससितै संलग्न स्थलमा रहेको शहीद सञ्जय तिर्की र बीर बिरसा मुण्डाको शालिगमा पनि अतिथिहरुको बाहुलीबाट माल्यार्पण सम्पन्न गरिएको थियो।

कार्यक्रम शुरु हुन अघि पुरोहित जयकुमार पोखरेल द्वारा रामायण श्वोकको पाठन गरिएको थियो भने कार्यक्रममा नेपाली गीत संगीतसितै लिम्बु गीत नृत्य औ तामाङ सेलोको प्रस्तुति स्थानीय कलाकारहरुले दिएको थियो। आयोजक कमिटीको पक्षबाट शालिग दाता महिपाल सुब्बा औ परिवार लगायत मेचपाड़ा चियाबारीको पूरानो नाटककार, हास्य कलाकार साथै कालाकारहरुलाई सम्वर्द्धना प्रदान गरिएको थियो। यसै क्रममा दुई शहीद परिवार राजीब थापा र सञ्जय तिर्कीको पिता कुमार थापा र विष्णु तिर्कीलाई पनि स्मृति चिन्ह प्रदान गरिएको थियो।

युवा कवि तथा शिक्षक किरण गुरुङको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा सृजनशील समूहको सचिव चन्दन भट्टराई, संयोजक कथाकार अबीर खालिङ, कवि ज्ञानलाल दर्नाल, नामग्याल लामा, बाबलु सापकोटा, कवि मिलन माझी, चित्रकार सञ्जोग लामा, शिक्षक उर्गेन लामा एवम् अन्यान्य सम्पूर्ण सदस्यहरुलाई समूहको नामको एउटा स्मृति चिन्ह प्रदान गरिएको थियो। यस क्रममा कवि ज्ञानलाल दर्नाल, चन्दन भट्टराई, अबीर खालिङले कविता वाचन गरेको थियो। कार्यक्रमलाई सफल बनाउन सदस्यहरु कुमार थोकर, अनूप लामा, आनन्द गुरुङ आयोजक कमिटीको अध्यक्ष श्यामल लामा, अटलसिंह लामा, शैलेन्द्र सिंह, अभय चामलिङ आदि सदस्यहरुको प्रमुख भुमिका रहेकोमा सचिव महिपाल सुब्बाले आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement