झापाका दिपेन्द्र ९ ग्राम ब्राउन सुगरसहित पक्राउ

IMG-20240903-WA0115

भद्रपुर: झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको काे। २७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो।
सो क्रममा कमल गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र ताजपुरियाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउन सुगर भेटेर उनलाई नियन्त्रणमा लिएको हो। ब्राउन सुगरसहित पक्राउ परेका ताजपुरियाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement