भद्रपुर: मोरंगको बेलबारी ३ मा निर्माणधिन लोहन्द्रा गंगाधाम २०२४ जुनमै निर्माण सम्पन्न हुनुपर्ने भएपनि ३० प्रतिशत काम अलपत्र अबस्थामा रहेको छ।
केन्द्र सरकारको ७० लाख लागतमा निर्माण शुरु भएको धाम भाद्र तेस्रो साता बितिसक्दा समेत अलपत्र अबस्थामा रहेको छ। अचम्मको कुरा चाँहि ठेकेदारले काम सम्पन्न भएको रकम चाँहि बेलबारी नगरपालिकाबाट जुनमै भुत्तानी लिईसकेका छन्।
काम अझै ३० प्रतिशत बढी बाँकी छ, तर ठेकेदारले रकम चाँहि लगिसकेको र सम्पर्कमा समेत नभएको निर्माण समितिका अध्यक्ष प्रताप थापा गुनासो गर्छन्। सब काम मिलिभगतमा भएको र यस्को मुख्य दोषी नगरपालिका भएको उनको आरोप छ। नत्र निर्माण नै नभई रकम कसरी निकासा भयो? उनी प्रश्न गर्छन्।
शवदाह स्थलमा शव राख्ने ठाँउमा फलाम लगाउनुपर्ने भएपनि त्याँहा खुल्ला रहेको छ भने छानो र आसपासका काम समेत लथालिंग अबस्थामा रहेको छ।
बेलबारी ११ को भाष्कर कन्ट्रक्सन एण्ड सप्लायर्सले ठेक्का लिएको शवदाहस्थल निर्माण सम्झौता भएको मिति सकिएको २ महिना बितिसक्दा समेत बेखबर देखिन्छ।

सोही बिषयमा ठेकेदार गणेश कार्की सँग सम्पर्क गर्दा आफुबाट केही त्रुटि भएको स्वीकार गर्छन्। उनले फलाम काटने काम भईरहेको र १० दिनभित्रमा काम गरिसक्ने बताए। यस बिषयमा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई भने नगरपालिकाले सबै भुक्तानी गरिनसकेको र केन्द्रको नियमअनुसार असारमै भुक्तानी गर्नुपर्ने भएका कारण भुत्तानी गरेको बताउँ छन्। निर्माण समितिले भने ठेकेदार र नगरपालिकाको गैरजिम्मेवारीका कारण समयमा काम नसकिएको आरोप छ।









