सडक क्षतविक्षत हुदा इनरुवाको बविया-जल्पापुरमा एम्बुलेन्स बोलाउदा जानै छाडयो

IMG-20240903-WA0010
भद्रपुर: सुनसरीको इनरुवा नगरपालिकाको २ वटा वडामा स्थानियले उपचारका लागि अस्पतालसम्म बिरामी ल्याउन लैजान एम्बुलेन्स बोलाउदा एम्बुलेन्स जानै छाडेको गुनासो गरेका छन्। इनरुवाको बविया बजारदेखि जल्पापुरसम्मको सडक खण्ड वर्षा मौसम सुरु भएसगै बन्द भएपछि सडक तथा पुल कल्भर्टमा भएको खाल्डाखुल्डी र धेरै ठाँउमा सवारीसाधन गुडन नसक्ने अवश्था भएकाले एम्बुलेन्स जान छाडेको हो।
सडकमा धेरै स्थानमा ठुला ठेला खाल्डाखुल्डी र पानी जमेका कारण सिटी सफारीसमेत आवतजावत गर्न नसक्ने भएकाले बिरामीलाई उपचारका लागि इनरुवासम्म ल्याउन स्थानियले सास्ती खेप्दै आएको बताएका छन्।
बविया चौधरी टोलका शंकर चौधरीले सडकको अवश्था देखाउदै एम्बुलेन्स जान छाडेपछि बिरामीलाई दुखः कष्ट गरेर मोटरसाइकलमा बिचमा राखी बविया बजारसम्म ल्याएर एम्बुलेन्समा चढाउने गरेको बताए।
जल्पापुरका हकिम खानका अनुसार एम्बुलेन्स घरसम्म नपुग्दा गर्भबती महिला र जेष्ठ नागरिकलाई बाँसको भार बनाएर बोकेर एम्बुलेन्ससम्म ल्याउने गरेको बताए।
जल्पापुरका अस्लम मियाँले भने दुई महिनादेखि कुनैपनि सवारीसाधन बविया बजार भन्दा दक्षिणतर्फ जाने सक्ने अवश्था छैन गाँउघरमा मानिस बिरामी हुदा धेरै दुखः गरेर बविया बजारसम्म ल्याउने गरेका छौं।
बवियाका रमेश साहले भने नहरको बाटो भत्कीएपछि खाल्डाखुल्डी भएर बिरामी लिन गएको एम्बुलेन्स हिलोमा फसेपछि एक महिनादेखि गाँउको भित्री सडकतर्फ जानै छाडेका छन्।
इनरुवा ९ बविया र इनरुवा १० जल्पापुरको मुल सडक खण्ड अन्तर्गत बवियादेखि जल्पापुरको गौतमपुर सिमाक्षेत्रसम्म सडक आयोजना निर्माणका क्रममा पुल कल्भर्ट बनाउने क्रममा खनेको खाल्डोको कारण सडक बन्द अवश्थामा रहेको छ।
इनरुवा २ नम्बर वडा भएर भित्री सडकका रहेको शंकरपुर शाखा नहरको बाटो अप्रैल -मई महिनामा ठुला सवारीसाधान गुडदा भत्किएर क्षतविक्षत बनेपछि बविया जल्पापुरका दुवै मुल सडकमा अहिले सवारीसाधन गुडन नसक्ने अवश्था रहेको छ।
यस क्षेत्रका स्थानियले वडा कार्यालय र नगरपालिकामा भत्कीएको सडक मर्मत सम्भार गरि खाल्डा खुल्डी पुर्न पटक पटक आग्रह गर्दा बजेट नभएको भन्दै जनप्रतिनिधिले वेवास्ता गरेको गुनासो गरेका छन्।
सडक बिग्रीएपछि बविया जल्पापुरतर्फ विद्यार्थी ओसारपसार गर्न गर्न जाने स्कुल क्याम्पसका बसहरुसमेत जाने छाडेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement