रोंगचोंगमा डी. बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्ट ५ सेप्टेम्बरदेखि

IMG-20240903-WA0176

कालेबुङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको आयोजनमा डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्ट ५ सेप्टेम्बरदेखि शुरु हुनेछ। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा हुने यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा कालीझोड़ा युवा परिवार च्याम्पियन भएको थियो। आयोजक समितिले बताएअनुसार, सीनियर टुर्नामेण्टको साथमा जूनियर (अण्डर-१४) फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ। आयोजक समितिले दुवै टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी गरेको छ।

About Author

Advertisement