पेरिस प्यारालम्पिक २०२४: रजत पदक जित्न सफल भए सुहास वाईएल

IMG-20240903-WA0174

पेरिस: भारतीय प्यारा ब्याडमिण्टन खेलाड़ी सुहास यथिराज लालिनाकेरेले पेरिस प्यारालम्पिकमा असाधारण प्रदर्शन गर्दै रजत पदक जिते। २००७ ब्याचका आईएएस अधिकारी ४१ वर्षीय सुहासले पुरुष एकल एसएल४ वर्गको फाइनलमा फ्रान्सका लुकस माजुरविरुद्ध ९-२१, १३-२१-ले हारको सामना गर्नु पऱ्यो। स्वर्ण पदक जित्न नसके पनि सुहास लगातार दोस्रोपल्ट प्यारालम्पिकमा पदक जित्न सफल भए। सुहासले यसअघि टोक्योमा पनि रजत पदक जितेका थिए। तीन साल अघि पनि फाइनलमा लुकसले नै सुहासलाई पराजित गरेका थिए। भारतको पेरिस प्यारालम्पिकमा यो समग्रमा १२औं अनि ब्याडमिण्टनमा चौथो पदक हो। सुहास अघि नितेश कुमारले एसएल३ वर्गमा स्वर्ण पदक जितेका थिए। यसरी थुलासिमाथी मुरुगेसन र मनीषा रामदासले महिला एकल एसयू5 वर्गमा क्रमशः रजत र काँस्य पदक जितेकी थिइन्। सुहासले म्याचपछि भने, अहिले मनमा मिश्रित भावना छ। एकातिर रजत पदक जिते अनि दोस्रो तर्फ स्वर्ण पदक जित्नदेखि चुके। म देशवासीहरूसँग माफी माग्न चाहन्छु। उल्लेखनीय छ, सुहास यथिराज लालिनाकेरे खेलकुदको साथ-साथ पढ़ाईमा पनि अव्वल रहेका थिए। देब्रे खुट्टामा विकार भए पनि उनले कम्प्यूटर इञ्जीनियरिंगमा डिग्री लिएर भारतीय प्रशासनिक सेवा (आईएएस)-को परीक्षा उत्तीर्ण गरेका थिए। कोरोना महामारीको अवधि उनी गौतम बुद्ध नगरका डीएम थिए। त्यसअघि उनी प्रयागराजका पनि डीएम रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement