वीरपाडा: लङ्कापाडा मिलन क्लबको आयोजनमा लङ्कापाडा मिलन क्लब खेल मैदानमा ३०औं नेपाली भाषा मान्यता दिवस पालन गरियो| समीर मगरद्वारा सञ्चालित कार्यक्रममा अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि हाम्रो समाज तथा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, तराई डुवर्स सिलगढी विकास अनि सांस्कृतिक (गोर्खा समुदाय) भाइस चेयरम्यान सन्दिप छेत्री, समाजसेवी विशाल गुरुङ, जुगेश राई, डम्बर तामाङ, अशोक खपाङ्गी, प्रिवेन्ट लामा, दिपंकर भुजेल, विनोद मोक्तान, सञ्जय रावत, प्रकाश नेवार, कैलाश याखा, हाम्रो समाजका मुलसचिव हर्कु तामाङ, लङ्कापाडा ग्राम पञ्चायत उप प्रधान विनेश राई आदिको उपस्थिति रहेको थियो| कार्यक्रम अध्यक्ष रविलाल घिसिङलाई चयन गरी मुख्य अतिथि कृष्णबहादुर श्रेष्ठ तथा अतिथिहरूको बाहुलीबाट द्वीप प्रज्वलन गरियो साथै सम्पूर्ण अतिथिगणलाई खदा टीकाद्वारा सम्मान गरियो|
स्वागत वक्तव्य राख्ने क्रममा आयोजक समितिका अध्यक्ष नितेन थापाद्वारा डुवर्सको विभिन्न ठाउँहरूबाट उक्त संस्थाको निमन्त्रणलाई स्वीकारेर आएका अतिथिहरूप्रति आभार प्रकट गरे| साथै कार्यक्रम विषयमा संक्षिप्तमा आफ्नो मन्तव्य राखे| यसरी उद्बोधन गीत स्थानीय कलाकारहरूद्वारा एउटा मिठो लोकगीत प्रस्तुत गरियो| मुख्य अतिथि कृष्णबहादुर श्रेष्ठले भाषा आन्दोलन डुवर्सबाट योगदान दिने ती भाषा संग्रामीहरूका बारे अनि तिनीहरूको योगदान खेरौ जान दिनु हुँदैन| नेपाली भाषालाई प्रचार प्रसार अनि व्यवहारिकतामा ल्याउन आन्दोलित हुनुपर्ने आह्वान गरे| कार्यक्रममा सामाजिक, शैक्षिक, प्रशासनिक आदि क्षेत्रहरूमा विशिष्ट योगदान पुर्याउने समाजको विभूतिहरूलाई सम्वर्द्धन पत्र भेट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो|