पेरिस: भारतका योगेश कथुनियाले अपेरिस प्याराम्पिकमा पुरुषहरूका डिस्कस थ्रो (एफ५६) स्पर्धामा ४२.२२ मीटरको सीजनको आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै रजत पदक जिते। कथुनियाले यसअघि टोक्यो प्यारालम्पिकमा पनि यस स्पर्धामा रजत पदक नै जितेका थिए। यस २९ वर्षीय खेलाड़ीले आफ्नो पहिलो प्रयासमा वर्तमान सीजनको सर्वश्रेष्ठ प्रदर्शन गर्दै ४२.२२ मीटरको दूरी तय गरे। ब्राजीलका क्लाडनी बतिस्ता डस सेण्टोसले आफ्नो पाँचौं प्रयासमा ४६.८६ मीटरको दूरीको साथ यी खेलहरूमा नयाँ रेकर्डको साथ प्यारालम्पिकमा स्वर्ण पदकको ह्याट्रिक पूरा गरे। यसरी ग्रीसका कन्स्टेनटिनो तजौनिसले ४१.३२ मीटरको प्रयासको साथ काँस्य पदक जिते। एफ५६ वर्गमा यस्ता खेलाड़ी हुन्छन्, जसको मेरूदण्डको हड्डी क्षतिग्रस्त हुन्छ अनि शरीरको तल्लो हिस्सामा विकार हुन्छ। रजत पदक जिते पनि कथुनिया आफ्नो प्रदर्शनसँग खुशी छैनन्। उनले भने, आज मलाई रजत पदक प्राप्त भयो। म अब पदकको रंग बद्लिन कठोर मेहनत गर्नेछु। म केही समयदेखि केवल रजत जितिरहेको छु। हरेक प्रतियोगितामा केवल रजत जितिरहेको छु। गाड़ी अल्झिएको छ। मेरो विचारमा मैले अब अधिक मेहनत गर्नु पर्नेछ। अब मलाई स्वर्ण पदक चाहिन्छ। यसको निम्ति म कठोर मेहनत गर्नेछु।