दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा युनाइटेड फूटबल क्लब दार्जीलिङको विजयाभियान जारी रह्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगअन्तर्गत सोमवार खेलिएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले मार्वेरिक स्पोर्टिंग क्लबविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट छोगेलले ४२औं र ६१औं मिनटमा २ गोल गरे। यसरी नयन प्रधानले ४१औं र वांगदेन तामाङले ५४औं मिनटमा गोल गरे। यसरी मार्वेरिक स्पोर्टिंग क्लबबाट राज राईले १८औं र रिन्छेन शेर्पाले ७३औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।