घुँड़को समस्याले गर्दा सन्न्यासको सोचमा साइना नेहवाल

IMG-20240902-WA0254

नयाँ दिल्ली: भारतकी दिग्गज ब्याडमिण्टन खेलाड़ी तथा पूर्व ओलम्पिक पदक विजेता साइना नेहवालले बताएअनुसार, उनलाई बाथ (गाउट)-को बिमारी रहेको छ अनि यस सालको अन्तसम्म आफ्नो भविष्यबारे फसेला गर्नेछिन्। यस बिमारीले गर्दा उनले अन्य खेलाड़ीहरूले झैँ अभ्यास पनि गर्न सकेकी छैनन्। पूर्व नम्बर एक खेलाड़ी ३४ वर्षीय शट्लरले लण्डन ओलम्पिक (२०१२)-मा काँस्य पदक जितेकी थिइन्। साल २०१० र २०१८-को कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेताले बताएअनुसार, उनी आफ्नो करियरको अन्तिम चरणमा रहेको तथ्यलाई अस्वीकार गर्न सक्दिनन्। साइनाले एउटा साक्षात्कारमा भनिन्, घुँड़ाको स्थिति ठीक छैन। मलाई बाथ छ अनि कार्टिलेजको स्थिति खराब छ। यसैकारण ८-९ घण्टा मेहनत गर्नु कठिन छ। यस्तो स्थितिमा विश्वका सर्वश्रेष्ठ खेलाड़ीहरूलाई चुनौती दिनु असम्भव छ। केवल दुई घण्टाको अभ्यासले शीर्ष स्तरमा चाहेको परिणाम हासिल गर्न सकिँदैन। साइनाले बताएअनुसार, सन्न्यासको फसेलाले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा उनी अहिले विचार गरिरहेकी छन्। साइनाले अन्तिमपल्ट एकसाल भन्दा अधिक समय अघि सिंगापुर ओपनमा हिस्सा लिएकी थिइन्, जहाँ उनी शुरुवाती राउण्डमै हारेकी थिइन्। उनले भनिन्, म सन्न्यासबारे सोचिरहेकी छु। त्यसै पनि एकजना खेलाड़ीको करियर सदा छोटो हुन्छ। मैले ९ सालको उमेरमा शुरुवात गरेकी थिएँ। आउँदो साल म ३५ सालकी हुनेछु। मेरो करियर लामो रह्यो, त्यसमा मलाई गर्व छ। यसैकारण यस सालको अन्तसम्म एउटा निष्कर्षमा पुग्ने आशा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement