आरिगाउँ: सोरेङ-च्याखुङ एवेञ्जर्स पुरुष वर्गको निम्ति आयोजन गरिएको हिल्स ओपन भलिबल च्याम्पियनशिप विजेता बनेको छ।
२८ अगस्त देखि शुरू भएको प्रतियोगितामा कुल २१ टीमले भाग लिएका थिए।
आरिगाउँ समाज सुधार मण्डली द्वारा आफ्नो ४१औं स्थापना दिवसको अवसरमा आयोजन गरिएको भलिबल प्रतियोगिताका विजेतालाई ८० हजार रुपियाँ अनि उपविजेता टोलीलाई ५० हजार रुपियाँसँगै आकर्षक ट्रफी प्रदान गरियो। आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा आयोजित फाइनल खेल सोरेङ च्याखुङ एवेञ्जर्स र नाम्ची भलिबल क्लबबीच भएको थियो।
कार्यक्रमको अवसरमा जिल्ला पञ्चायत सदस्य कृष्ण कुमारी छेत्री मुख्य अतिथि थिइन्। आफ्नो सम्बोधनमा मुख्य अतिथिले आरिगाउँ समाज सुधार मण्डलीले गरेका उत्कृष्ट कार्यहरूको जानकारी गराइन्। यसरी नै समाजको स्थापनाकालदेखि यसलाई निरन्तरता दिने संस्थापक जगनाथ अधिकारी, दीननाथ नेपाल र नैनकला शर्मालाई सम्मानित गरिएयो।
अर्कोतिर प्रत्येक वर्ष समाज दिवसको अवसरमा प्रदान गरिने स्व. भीम प्रसाद-जीवमाया स्मृति पुरस्कारले याङ्थाङ ग्राम पञ्चायत एकाईका पञ्चायत सभापति सोमनाथ दाहाल र समाज भवन निर्माणको निम्ति जमीन प्रदान गर्ने जमीनदाता राधा कृष्ण सिग्देललाई सम्मानित गरियो।