पाकिम: पाकिम जिल्ला प्रशासनिक केन्द्रमा आज आयोजित एक कार्यक्रमबीच सातौं राष्ट्रिय पोषण माह २०२४ को शुभारम्भ गरियो। महिला एवं बाल विकास विभाग, आईसीडीएसले आयोजना गरेको कार्यक्रमका जिल्लापाल अगवाने रोहन रमेश मुख्य अतिथि थिए।
यस वर्ष राष्ट्रिय पोषण माहको थीम ‘रक्तअल्पता, वृद्धि अनुगमन, पूरक आहार, पोशन भी पढाई भी, राम्रो शासनका लागि प्रविधिको प्रयोग’ रहेको छ।
कार्यक्रममा जिल्लापाल रमेशले प्रतिभागीहरूलाई पोषण माहको शपथ दिलाए। उनले आईसीडीएसले आयोजना गरेको प्रदर्शनी अवलोकन गरे, जसमा पोषणयुक्त खाद्य सामग्रीहरू, फल-फूल र साग-सब्जीहरू राखिएका छन्। राष्ट्रिय पोषण माह पोषण अभियान अन्तर्गत वार्षिक रूपमा आयोजना गरिने कार्यक्रम हो, जुन हरेक एक सेप्टेम्बरदेखि 30 सेप्टेम्बरसम्म राष्ट्रव्यापी रूपमा पालन गरिन्छ।
यस अभियानले व्यापक जीवन-चक्र दृष्टिकोणको माध्यमद्वारा कुपोषणलाई सम्बोधित गर्ने लक्ष्य लिएको छ। उद्घाटन कार्यक्रममा आईसीडीएसकी उप निदेशक गकिला फेम्पु, एसडब्ल्युओ सुनिता दाहाल, आईसीडीएस र आंगनवाडी कर्मीहरू उपस्थित थिए।