हिमतालको अध्ययन टोलीले गाउँलेहरूलाई गरायो सचेत

IMG-20240902-WA0253

गान्तोक: राज्यको भू-राजस्व एवम् आपदा प्रबन्ध विभागकी राहत आय़ुक्त अनि सचिव नम्रता थापाको नेतृत्वमा उत्तर सिक्किमको हिमतालको अध्ययन गर्न पुगेको टोलीमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणकी अतिरिक्त सचिव परिणा गुरूङ,विज्ञान एवम् प्रविधि विभागका सचिव सन्दीप ताम्बे, माइन्स एण्ड जुलोजी विभागकी सचिव डिकी योञ्जन लगायत अन्यहरू पनि सामेल रहेका छन्। सचिव थापाले लाचुङका जनतालाई सम्बोधन गर्दै लाचुङ अनि लाचेनमा रहेका हिमतालबाट हुने खतराबारे जानकारी गराइन्। उनले जानकारी गराए अनुसार राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरणले चिन्हित गरेको १६ वटा हिमतालहरू मध्ये टेनछुङखा झील पनि एक हो। यसरी अभ्यास गरिनुको मुख्य उद्देश्य लाचुङका जोखिममा परेका गाउँहरूका लागि निकासी नक्सा तयार गर्नु थियो। झील फुटेको खण्डमा गाउँलेलाई कसरी जोगाउन सकिन्छ भनेर यस्तो गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement