नर्थ इस्ट जोन अन्तर राज्य ब्याडमिन्टन प्रतियोगितामा २४ खेलाडीले भाग लिने

IMG-20240902-WA0252

गान्तोक: आगामी ७-देखि १० सेप्टेम्बरसम्म असममा आयोजना हुने नर्थ इस्ट जोन अन्तर राज्य बेडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन राज्यका २४ जना खेलाडीहरू तयार रहेका छन्। असमको राजधानी गुवाहटीमा सम्पन्न हुने उक्त प्रतियोगिताको आयोजना ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया र असम ब्याडमिन्टन एसोसिएशनको संयुक्त पहलमा हुने भएको छ। सो प्रतियोगितामा राज्यबाट विभिन्न उमेरका खेलाडीहरूले सहभागिता जनाउने छन्, जसमा १३ अनि १९ वर्षभन्दा कम उमेरका खेलाडीहरू सामेल रहेका छन्। उक्त प्रतियोगिताको निम्ति पुरूष र महिलावर्ग निरन्तर अभ्यास गरिरहेको र सबै खेलाडीहरू प्रतिबद्ध रहेको बताइएको छ। यस टोलीलाई दुई अनुभवी प्रशिक्षक सेलिना राई र रिकेश राईले मार्गदर्शन गर्नेछन्, जसले यी खेलाडीहरूको क्षमतालाई निखार्नको निम्ति महत्त्वपूर्ण भूमिका खेलेका छन्। टोलीको व्यवस्थापकको रूपमा अर्जुन तामाङ रहेका छन् जसको नेतृत्व र समर्थन प्रतियोगितामा महत्त्वपूर्ण हुनेछ। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमले खेलाडीहरूलाई बधाई दिँदै उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement