तीज नृत्य प्रतियोगितामा सोरेङ च्याखुङ समूह विजयी

IMG-20240902-WA0251

सोरेङ: सोरेङ जिल्लाको जौटार इण्डोर स्टेडियममा जिल्ला स्तरीय सामुहिक तीज उत्सव नृत्य प्रतियोगितामा सोरेङ-च्याखुङ समष्टि विजयी बनेको छ। सोरेङ-च्याखुङ समष्टिले अब सरमसा गार्डन सम्पन्न हुने राज्य स्तरीय तीज उत्सवको फाइनल प्रतियोगितामा नृत्य प्रदर्शन गर्नेछन्। उक्त सामुहिक तीज नृत्य प्रतियोगितामा सोरेङ जिल्ला अन्तर्गत चारवटा समष्टि सोरेङ-च्याखुङ, दरामदिन, रिञ्चेन्पोङ र जुम-सालघारी समष्टिका आमाहरुले सहभागिता जनाएका थिए।
एसकेएम नारी शक्तिको तत्वावधानमा राज्य स्तरीय सामुहिक तीज उत्सवलाई केन्द्र गर्दै आज सोरेङ जौटार इण्डोर स्टेडियममा जिल्ला स्तरीय सामुहिक तीज उत्सव नृत्य प्रतियोगिता सम्पन्न भयो। कार्यक्रममा रिञ्चेन्पोङ समष्टिका विधायक इरुङ तेञ्जिङ लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिए।
प्रतियोगितात्मक कार्यक्रममा विणा राईले सामुहिक तीज उत्सवको उदेश्य र औचित्यबारे मन्तव्य राख्दै तीज उत्सवको शुभकामना व्यक्त गर्दै सिक्किमेली नारीहरुलाई मानसम्मान दिँदै मुख्यमन्त्री पीएस गोलेले तीज पर्वको दिन सरकारी विदा दिएकोमा कृतज्ञता प्रकट गरिन्। उनले सम्बोधन गर्ने क्रममा एसकेएम पार्टी सरकारमा आएदेखि यता मुख्यमन्त्रीको मार्ग दर्शनमा राज्य स्तरीय तीज उत्स वमा मनाउन थालिएको बताइन्।
सिक्किममा एसकेएम पार्टी सरकारंमा आएपछि तीज उत्सव सामुहिक रूपमा भव्य तरिकाले मनाउनु थालिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement