नाम्ची: राज्यका शहरी विकास एवं आवास मन्त्री भोजराज राईले नाम्ची जिल्ला अस्पताललाई एउटा ब्लड ब्याङ्क रेफ्रिजरेटर दान गरेका छन्। मन्त्रीकै उपस्थितिमा आज एउटा सानो कार्यक्रमबीच रेफ्रिजरेटरको विधिवत उद्घाटन गरियो। यस अवसरमा अन्यहरूको साथमा नाम्ची जिल्ला अस्पतालका निर्देशक तथा प्रमुख चिकित्सा अधिकारी डा. एसएन अधिकारी, ब्लड ब्याङ्क अधिकारी डा. दिछेन अङ्गमु साथै विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।यस उदाहरणीय कार्यको निम्ति नाम्ची जिल्ला अस्पतालले मन्त्री भोजराज राई प्रति आभार व्यक्त गरेको छ। मन्त्रीद्वारा प्रदान गरिएको ब्ल्ड ब्याङ्क रेफ्रिजरेटरले अस्पताललाई धेरै सहयोग पुग्ने अस्पताल प्रबन्धन पक्षको भनाइ रहेको छ।