गान्तोक: पाक्योङ जिल्लापाल अगवाने रोहन रमेशले डाकेको एक महत्वपूर्ण बैठकमा राष्ट्रिय पञ्चायत पुरस्कार २०२४ बारे छलफल गरियो। जिल्ला पञ्चायत कार्यसम्पादन समीक्षा समितिको उक्त बैठक जिल्लापाल कार्यालयमा बसेको थियो। बैठकले विभागहरूबीच प्रक्रियाको लागि कार्य तोक्ने र प्रत्येक विभागलाई पञ्चायतहरूको समीक्षा गर्न दिशानिर्देश गरिएको थियो। यसबीच अतिरिक्त जिल्लापाल रवीन सेवाले राष्ट्रिय पञ्चायत पुरस्कारमा उत्कृष्टता हासिल गर्न लगातार प्रयाससँगै रणनीतिक योजनाको महत्त्वबारे बताए। उनले अधिकारीहरूलाई निष्पक्ष समीक्षा सुनिश्चित गर्न सहकार्य गर्ने निर्देश गरे। विभागहरूलाई तथ्याङ्क सङ्कलन गर्ने, फिल्ड भ्रमण गर्ने र प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि बैठकमा दिइएको छ। बैठकमा जिल्ला प्रशासनका अधिकारी लगयात अन्यविभागीय प्रमुखहरुको उपस्थितित रहेको थियो। उल्लेख्य भारत सरकारले यो पुरस्कार गरिबीमुक्त र जीविकोपार्जन पञ्चायत, स्वस्थ पञ्चायत, बालमैत्री पञ्चायत, पर्याप्त पैयजल पञ्चायत, स्वच्छ एवं हरियाली पञ्चायत, आत्मनिर्भर पूर्वाधार, सामाजिक सुरक्षित. सुशासित पञ्चायत. र महिलामैत्री पञ्चायत श्रेणीमा पुरस्कार प्रदान गर्दै आएको छ।