मुख्यमन्त्रीले दिए फुटबलर नमिता गुरुङलाई बधाई

IMG-20240902-WA0248

गान्तोक: मुख्यमन्त्री प्रेमसिंग तामाङले सदैव खेल अनि खेलाड़ीहरूलाई प्रोत्सहानसँगै सहयोग पनि गर्ने गरेका छन्। यसै क्रममा उनले हालै एएफसी वुमन्स च्याम्पियनशीपमा सहभागिता जनाएकी सिक्किमकी युवा फुटबलर निमिता गुरुङलाई बधाई दिँदै हौसला बड़ाएकी छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जालमा पास्ट हालेर निमिताको उपलब्धीको सराहना गर्दै बधाई दिएका छन्।
पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत रिञ्चेनपोङ निवासी निमिताले हालै ओडिशा एफसी-को पक्षमा जोरडानमा सम्पन्न एएफसी वुमन्स च्याम्पियनशीपमा खेलेकी थिइन्। मुख्यमन्त्री तामाङले उनलाई भविष्यमा फूटबल खेलको क्षेत्रमा थप सफलताको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement