बागडोग्रा: बिजुलीको ट्रान्सफर्मरमा भीषण आगलागी हुँदा क्षेत्रमा अस्तव्यस्त भएको घटना बागडोग्राको एयरपोर्ट टर्न नजिकैको क्षेत्रमा भएको हो। ट्रान्सफर्मरमा आज अचानक आगलागी भएको बताइएको छ। आगो फैलिएपछि विद्युत सेवा अवरुद्ध भएको थियो।आगलागीका कारण ट्रान्सफर्मरबाट तेल चुहिएर सवारी आवागमन पनि ठप्प भएको छ। खबर पाएलगत्तै नक्सलबारी र माटिगडाका दुई दमकल घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएका थिए। बागडोग्रा पुलिस र ट्राफिक प्रहरीसँगै विद्युत विभागका कर्मचारी पनि घटनास्थल पुगेका थिए। सर्ट सर्किटका कारण आगलागी भएको दमकलको अनुमान छ।