आरजी कर अस्पतालका पूर्वप्राचार्य सन्दीप घोष पक्राउ

00-1-Sandip-Ghosh

कोलकाता: आरजी कर अस्पतालका पूर्वप्राचार्य सन्दीप घोष अन्ततः पक्राउ परेका छन्। उनले अगस्त १६ देखि लगातार १५ दिनसम्म सीबीआईको सोधपुछको सामना गर्नुपरेको थियो। गत शनिबार र आइतबार मात्रै उनीसँग सोधपुछ गरिएको थिएन। सोमबार उनलाई फेरि सीजीओ कम्प्लेक्समा बोलाइयो र त्यहाँबाट सीबीआई अधिकारीहरूले उनलाई निजाम प्यालेस लगे। त्यसपछि केन्द्रीय अनुसन्धान एजेन्सीले सन्दीप घोषलाई पक्राउ गरेको पुष्टि गरेको छ। ९ अगस्तमा आरजी कर अस्पतालमा महिला डाक्टरको दुष्कर्मपछि हत्या भएको घटनामा सन्दीप घोषको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सीबीआईले सन्दीपलाई अगस्त १५ मा पहिलो पटक बोलाएको थियो तर त्यो दिन उनी हाजिर भएनन्। भोलिपल्ट सन्दीप सिधै सीबीआईको गाडीमा गएर अफिस पुगे। उनलाई २४ अगस्तसम्म लगातार १४ दिन सीजीओ कम्प्लेक्समा बोलाइएको थियो, जहाँ उनी दिनमा १० देखि १४ घण्टा बस्नुपर्ने थियो।

२५ अगस्तको बिहान सीबीआईको टोलीले बेलेघाटास्थित सन्दीपको घरमा छापा मारेको थियो। ७५ मिनेट कुरेपछि सन्दीपले ढोका खोले र सीबीआई अधिकारी भित्र पसे। कोलकाता उच्च अदालतको आदेशमा सीबीआईले महिला डाक्टरको दुश्करम  र हत्याको अनुसन्धान गरिरहेको छ भने अस्पतालमा भएको आर्थिक अनियमितताको पनि अनुसन्धान भइरहेको छ। सन्दीप घोष दुवै घटनामा केन्द्रिय निकायको ध्यानाकर्षण भएको छ। २४ अगस्तमा सीबीआईले आर्थिक अनियमितताको आरोपमा एफआईआर दर्ता गर्‍यो, जसको आधारमा सन्दीपको घरमा छापा मारिएको थियो।

सन्दीपको घरमा छानबिनसँगै सीबीआईले सात जनाको पोलिग्राफ टेस्ट पनि गरेको थियो। आरजी कर अस्पतालमा महिला चिकित्सकको शव भेटिएपछि आन्दोलन शुरु भएको छ। यही दबावमा सन्दीपले १२ अगस्तमा राजीनामा दिए तर केही घण्टामै उनी कोलकाताको अर्को सरकारी अस्पतालको निर्देशक नियुक्त भए। आन्दोलनको दबावका कारण उनलाई उक्त पदबाट हटाइयो। आरजी कर अस्पतालमा शव फेला परेपछि मरम्मतको नाममा एउटा कोठाको पर्खाल भत्काइएको थियो, जसबारे सन्दीपसँग पनि सोधपुछ गरिएको थियो। आरजी कर अस्पतालमा विगत तीन वर्षदेखि आर्थिक भ्रष्टाचारको आरोप लागेको छ। राज्य सरकारले गत १६ अगस्तमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको थियो तर त्यसको एक दिनपछि उच्च अदालतको आदेशमा उक्त मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो। शवगृहबाट शव बेपत्ता र जैविक फोहोरमा भ्रष्टाचार गरेको लगायतका अस्पतालका विभिन्न पक्षमा आरोप लगाइएको छ। पूर्व अतिरिक्त अधीक्षक अख्तर अलिले यस सम्बन्धमा पुलिसलाई जानकारी दिए, जसमा सन्दीप घोषका अलावा अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख देवाशिष सोम, पूर्व सुपरिटेन्डेन्ट सञ्जय वशिष्ठ र मेडिकल आपूर्तिका सप्लायर विप्लव सिंहको नाम पनि परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement