‘एक्टरः टेक वान’को क्यारेक्टर थिम पोस्टर सार्वजनिक

RBK-HBD-NEW

काठमाडौँ: फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ। पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन्। जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ। दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दैछन्।

यस अघि यो फिल्मका दुई वटा पोस्ट सार्वजनिक भएका थिए। शुरुवातमा फर्स्टलुक पोस्टरमा प्रदीपका पाँच भिन्न गेटअपमा प्रस्तुत गरिएको थियो। प्रदीप मात्र प्रस्तुत रहेको दोस्रो पोस्टरमा कालो टिसर्ट र लामो कपालमा देखिएका उनी कसैको भौतिक आक्रमणमा परेको अनुहारभरि चोटैचोटमा देखिएका थिए। ३१ अक्टोबर (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको ‘एक्टर’मा प्रदीप र राजवल्लभसँगै अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ। अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको यही फिल्मबाट डेब्यु गरेकी हुन्। अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गरेका छन्। राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। क्रेएटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्। फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्। ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन्। फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन्।

यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ। यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।

एक्टरः टेक वान क्यारेक्टर थिम पोस्टर सार्वजनिक

काठमाडौँ: फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ। पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन्। जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ। दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दैछन्।

यस अघि यो फिल्मका दुई वटा पोस्ट सार्वजनिक भएका थिए। शुरुवातमा फर्स्टलुक पोस्टरमा प्रदीपका पाँच भिन्न गेटअपमा प्रस्तुत गरिएको थियो। प्रदीप मात्र प्रस्तुत रहेको दोस्रो पोस्टरमा कालो टिसर्ट र लामो कपालमा देखिएका उनी कसैको भौतिक आक्रमणमा परेको अनुहारभरि चोटैचोटमा देखिएका थिए। ३१ अक्टोबर (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको ‘एक्टर’मा प्रदीप र राजवल्लभसँगै अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ। अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको यही फिल्मबाट डेब्यु गरेकी हुन्। अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गरेका छन्। राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। क्रेएटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्। फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्। ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन्। फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन्। यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ। यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement