यदि भाजपाले चुनाव जितेर काम गरेको छैन भन्ने लाग्छ भने भाजपाको चिन्हमा चुनावमा विजय भएका विधायकले राजीनामा दिनुपर्छ: केशवराज पोख्रेल

IMG-20240902-WA0238

दार्जिलिङ: गोरामुमोको कालो झण्डा, जारीकर थापेर बेलुकी जारहरूसँगै बसेर रक्सी खाएको जस्तो हो। यदि पक्का जनताका लागि कार्य गरेको हो भने गोरामुमोबाट भाजपाको चिन्हमा उठेका विधायकले राजीनामा दिएको हुनुपर्छ। उक्त मन्तव्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय प्रवक्ता तथा केन्द्रीय सह सचिव (संगठन) केशवराज पोख्रेलले मिरिकमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले यदि भाजपाले चुनाव जितेर काम गरेको छैन भन्ने लाग्छ भने भाजपाको चिन्हमा चुनावमा विजय भएका विधायकले राजीनामा दिनु पर्ने बताएका छन्। मिरिकमा सम्पन्न पार्टीको केन्द्रीय समितिको सभापछि केन्द्रीय सह सचिव (संगठन) को अतिरिक्त पदभार ग्रहण गरेका पोख्रेलले संगठनलाई अझ सशक्त बनाएर लाने प्रतिबद्धता जाहेर गरे। यता पहाडमा नयाँ राजनीतिक दलको उदयबारे सोधिएको प्रश्नको जवाफमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उदयपछि नै पहाडमा सबैले स्वतन्त्र रूपमा कार्य गर्न सकिरहेको बताए। पहाडमा विगतका सत्ताधारी पार्टीहरूको शासनमा भन्दा धेरै परिवर्तन आएको कारण नै नयाँ नयाँ राजनीतिक दलहरू स्वतन्त्र रूपमा उदय भइरहेको बताएका छन्। उनले आगामी ९ सेप्टेम्बरमा मिरिक को आहले खेल मैदानमा सम्पन्न हुने पार्टीको स्थपना दिवसमा पहाडभरिका पार्टी समर्थकहरूको व्यापक उपस्थिति हुने पनि बताएका छन्। यसका साथै उक्त दिन पहाडका विभिन्न ठाउँ अनि बुथ्रुक स्तरबाट नै कार्यकर्ताहरूलाई उपस्थित भइदिने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement