१/११ गोर्खा राईफल्सको भूतपूर्व सैनिक युनियन सोनादा शाखाद्वारा ६५औं राईजिङ डे साथै युनियनको पहिलो स्थापना दिवस पालन

IMG-20240902-WA0233

सोनादा: १/११ गोर्खा राईफल्सको भूतपूर्व सैनिक युनियन दार्जिलिङ – कालेबुङ जिल्लाको सोनादा शाखाद्वारा ६५औं राईजिङ डे साथै युनियनको पहिलो स्थापना दिवस सोनादामा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भूतपूर्व सुबेदार आईबी ठकुरी उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा कर्णल केशव राई, लेफ्टिनेन्ट कर्णल रक्षा राई, कर्णल करूण सिंगा, कर्णल वरूण दीक्षित, डेपुटी मेजिस्ट्रेट भुषण शेर्पा, डा मुन्नु शेर्पा लगायत भूतपूर्व सैनिकहरूका पत्नीहरू, वीर वीरंगनाहरू र परिवारहरू उपस्थित रहेका थिए। सुलक्षणा लामाले सञ्चालन गरेकी कार्यक्रममा विभिन्न सांस्कृतिक र देशभक्ति कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा राई, तामाङ, प्रधान, शेर्पा जातीय नृत्यहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा शहीदहरूका परिवारहरू, भूतपूर्व सैनिकहरूका परिवारबाट विभिन्न ओहोदामा पुगेका विशिष्ट व्यक्तिहरूलाई पनि सम्मान जनाइएको छ। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षबाट सूबेदार मेजर ओननेरी कप्तान दिनेशकुमार राई र सचिव सुबेदार मेजर धिरेन्द्र लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले भूतपूर्व सैनिक संगठन कालेबुङ र दार्जिलिङ मिलेर सोनादामा १/११ गोर्खा राईफल्सको ६५औं राईजिङ डे साथै युनियनको पहिलो स्थापना दिवस पालन गरिएको बताएका छन्। उनीहरूले यस कार्यक्रमको उद्देश्य पल्टनको राईजिङ डे पालन गर्नुको साथै भूतपूर्व सैनिकहरूको भेटघाट र पुरानो समयको सम्झना गर्नु रहेको बताएका छन्।

उल्लेखनीय छ १/११ गोर्खा राइफल पहिलो पटक १८ मई १९१८ मा कुत-अफ-अमारा (इराक) मा लेफ्टिनेन्ट कर्नल एएस जोन्सनको नेतृत्वमा उठेको थियो र अफगानिस्तान र इराकमा सञ्चालनमा भाग लिएका थिए। बटालियन भारतको लागि रवना भयो र १९२१ मा निष्क्रिय भयो। बटालियनले १ सेप्टेम्बर १९६० मा क्लेमेन्ट टाउन, देहरादुनमा लेफ्टिनेंट कोफ केजी तिवारी र सुवेदार मेजर डीबी लिम्बूद्वारा पुन: स्थापना गरेका थिए।

बटालियनमा राई, लिम्बु र तामाङ-गर्वपूर्ण मार्शल सम्पदा भएका ज्वलन्त योद्धाहरू मिलेर बनेको छ। बीएनले सन् १९६८ सालमा नागा विद्रोही विरुद्ध पहिलो रगत निकाल्यो। मेजर एमएमएस बजाज र एनके डीबी लिम्बुलाई शौर्य चक्र प्रदान गरियो। १९७१ को युद्धमा बीएनले पाँच अधिकारी, सात जेसीओ र २५ फ्रन्टियर फोर्सका २०२ ओआरलाई कब्जा गर्यो। मेजर बीकेडी ब्यागेललाई वीर चक्र प्रदान गरिएको थियो। १९७३ मा, ‘द फर्स्ट’ लाई राष्ट्रपति भवनमा औपचारिक कर्तव्यहरू पूरा गर्ने जिम्मेवारी दिइएको थियो। बीएनले सेप्टेम्बर १९८५ मा जयपुरमा आफ्नो रजत जयन्ती मनाएको थियो र १०८८ मा आईपीकेईको एक भागको रूपमा एपी पवनमा सम्मिलित भयो। एलएनके तिलकबहादुर राईलाई वीरचक्र प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement