मुम्बई: पाकिस्तानबाट मुम्बईमा २६/११ जस्तो आतङ्की हमलाको धम्कीको मेसेज ट्राफिक कन्ट्रोल रूममा पठाइएको छ। यस मेसेजपछि मुम्बईमा हाई अलर्ट जारी गरिएको छ। विधानसभामा नेता प्रतिपक्ष अजीत पवारले प्रशासन तथा सरकारलाई यस सन्देशलाई गम्भीरताले लिने आग्रह गरेका छन्।
पुलिस अनुसार ट्राफिक पुलिस कन्ट्रोल रूमको व्हाट्सएप नम्बरमा यो धमकीको मेसेज आएको छ। यसमा दाबी गरिएअनुसार ६ आतङ्की भारत परिसकेका छन्। ‘छिट्टै नै मुम्बईमा २६/११ जस्तो हमला गरिनेछ। म पाकिस्तानबाट बोलिरहेछ। तपाईका केही भारतीयहरूले मुम्बई जानमा मेरो साथ दिइरहेका छ्न। मुम्बईको निम्ति उड़ान भर्नका लागि सबै तयार, अब धेरै कम समय बाँचेको छ। हमला कहिलेपनि हुनसक्छ। २६/११ को हमलालाई याद राख्नुपर्छ। यदि याद छैन भने अब एक पल्ट फेरि हेर्नुहोस्। यो केवल धमकी नभएर वास्तविकता हो। मेरो लोकेशन पाकिस्तानमा देखिनेछ तर काम मुम्बईमा हुनेछ। हामीसित कुनै ठाउँ छैन। स्थान अन्य देश जस्तो देखिनेछl’
उल्लेख्य, मुम्बईमा २६ नोभेम्बर २००८ मा पाकिस्तानका १० आतङ्कीले आतङ्की हमला गरेका थिए। यस हमलामा पुलिसले आफ्नो ज्यानको बाजी लगाएर अजमल कसाबलाई जिउँदो समाएको थियो, अन्य ९ आतङ्की पुलिसको गोलीको निशाना बनेका थिए। अजमल कसाबलाई पनि ट्रायलपछि फाँसी दिइएको थियो। यस हमलामा १७४ निर्दोष मानिसको ज्यान गएको थियो र ३०० भन्दा धेरै घाइते भएका थिए। मृतकहरूमा २० वरिष्ठ पुलिस अधिकारी र पुलिसकर्मी पनि सामेल थिए। पाकिस्तानबाट आएको मेसेजले मुम्बईवासीहरूको चिन्ता बढ़ाएको छ।