अलिपुरद्वार: आरजी कर मेडिकल कलेज एवं अस्पतालमा भएको घटनाका दोषीहरूलाई सजायको माग गर्दै फालाकाटा नागरिक फोरमद्वारा जुलुस र सडक बैठक निकालियो। आरजी कर घटनाको विरोधमा आज फालाकाटा टाउन क्लबबाट जुलुस निकालेर फालाकाटास्थित राष्ट्रिय राजमार्ग न० १७ को ट्राफिक मोडमा मानव साङ्लो बनाएर फलकाटा नगर परिक्रमा गरियो। यसपछि दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै सबै वर्गका जनताले भेला पथ सभा गरे।