जलपाईगढी: सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। घटना सोमबार बिहान राजगञ्जको माझियाली ग्राम पञ्चायतको मनुआगञ्ज क्षेत्रमा भएको हो। महिलाको नाम मीना बाला रोय हो, उनी ४० वर्षकी हुन्। पारिवारिक स्रोतका अनुसार मनुगञ्जका डरेन रोयकी श्रीमती मीनाबाला रोयले स्थानीय हरिहर प्राथमिक विद्यालयमा दिवा खाजा पकाउने गर्थिन्। आज बिहान करिब दश बजे उनी घरमा पूजा गरिरहेकी थिइन्। त्यही बेला सर्पले महिलाको खुट्टामा टोक्यो। उनलाई तत्कालै स्थानीय राजगञ्ज ग्रामीण अस्पताल लगियो र उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा रिफर गरियो। महिला मेडिकल सेन्टर लैजाँदै गर्दा बाटोमै ढलेकी हुन्। चिकित्सकले महिलालाई मृत घोषणा गरे। यस्तो घटनाले परिवार र छिमेकीमा शोकको लहर छायो।