सिलगढी: सोमबार भाजपाले आरजी कर घटनामा मुख्यमन्त्रीको राजीनामा माग्दै सिलगढीको एसडीओ कार्यालयमा घेराव गर्यो। भाजपा कार्यकर्ता र समर्थकहरूले मल्लागढीको जिल्ला पार्टी कार्यालयबाट एसडीओ कार्यालयसम्म जुलुस निकाल्यो। कार्यालयमा पुग्दा प्रदर्शनकारीलाई पुलिसले ब्यारिकेड लगाएर रोकेको थियो। भाजपाको जुलुस ब्यारिकेड तोडेर भित्र पस्यो। दुवै पक्षबीच भीषण झडप भएको थियो। ब्यारिकेड तोडेपछि भाजपा कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गर्न थाले। केहीबेर झडप जारी रहेपछि ठूलो संख्यामा पुलोइस पुगेर स्थिति शान्त गरायो।