ब्राउन शुगर सितै सिलगढीको दुईजना महिला पुलिसको पन्जामा

IMG_20220820_202050.jpg

सिलगढी: स्पेशल अपरेशन ग्रुप नामक गैरसरकारी संस्थाले आज सिलगढी थाना पुलिससित संयुक्त अभियान चलाएर मिलनपल्ली इलाकाबाट करोड़ौ रूपियाँको ब्राउन शुगरसितै दुईजना महिलालाई पक्राउ गरेको छ। यसरी पक्रा पर्ने महिलाहरू मतिगढाको विश्वास कलोनी निवासी मैयना बेगम र शाहिना खातूनको भनि चिन्हिएको छ। सूत्र अनुसार दुवै महिलाले गत केही समय अघिदेखि रूपियाँको लालचमा मादक पदार्थको तस्करी गर्दै आइरहेकी थिइन्। आज पनि यी दुईजना महिला मादक पदार्थ तस्करी गर्नको लागि न्यू मिलनपल्ली सुकान्तो सारणीको पीएनटी गल्लीमा पुगेका थिए। यसबारे एसओजी लाई जानकारी प्राप्त भएपछि एसओजी र सिलीगढी थाना पुलिसले संयुक्त रूपमा अभियान चलाएर दुईजना महिलालाई पक्रिए। यसपछि छानबिन गर्दा तिनीहरूबाट ५०० ग्राम ब्राउन शुगर उद्धार गरेको छ। उद्धार गरेको ब्राउन शुगरको अनुमानित बजार मूल्य करोड़ रूपियाँ रहेको बताइएको छ। यसपछि एनडीपीए एक्ट अन्तर्गत दुवैजना महिलालाई पक्राउ गरेको छ। तिनीहरूलाई भोली सिलगडी अदालतमा पेश गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement