नयाँ दिल्ली: एउटा जीवन्त सेमीकण्डक्टर ईकोसिस्टम विकसित गर्ने उद्देश्यका साथ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्री मण्डलले गुजरातको साणन्दमा एउटा सेमीकण्डक्टर एकाइ स्थापित गर्नका लागि कायन्स सेमीकन प्राइभेट लिमिटेडको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। प्रस्तावित एकाइ ३,३०० करोड रुपियाँको निवेशका साथ स्थापित गरिनेछ। यस एकाइको क्षमता ६० लाख चिप प्रतिदिन रहनेछ। यस एकाइमा उत्पादित चिपले विभिन्न प्रकारका अनुप्रयोगलाई पूरा गर्नेछ, जसमा औद्योगिक, अटोमेटिभ, ईलेक्ट्रिक वाहन, उपभोक्ता ईलेक्ट्रनिक्स, दूरसञ्चार, मोबाइल फोन आदि जस्ता खण्ड सामेल छन्। द प्रोग्राम फर डेभेलपमेन्ट अव सेमीकण्डक्टर्स एण्ड डिस्प्ले म्यानुफ्याक्चरिङ ईकोसिस्टम इन इण्डियालाई २१ दिसम्बर २०२१ मा कूल ७६ हजार करोड रुपियाँको परिव्ययका साथ अधिसूचित गरिएको थियो। केन्द्रीय मन्त्री मण्डलले गुजरातको साणन्दमा सेमीकण्डक्टर एकाइ स्थापित गर्ने पहिलो प्रस्तावलाई जून, २०२३ मा स्वीकृति दिएको थियो। फरवरी २०२४ मा तीन थप सेमीकण्डक्टर एकाइलाई स्वीकृति प्रदान गरिएको थियो। टाटा ईलेक्ट्रनिक्सले गुजरातको धोलेरामा एउटा सेमीकण्डक्टर फ्याब र आसमको मोरीगाउँमा एउटा सेमीकण्डक्टर एखाइ स्थापित गरिरहेको छ। सीजी पावरले गुजरातको साणन्दमा एउटा सेमीकण्डक्टर एकाइ स्थापित गरिरहेको छ। सबै ४ सेमीकण्डक्टर एकाइको निर्माण तीब्र गतिले चलिरहेको छ र एकाइहरूसँग बलियो सेमीकण्डक्टर ईकोसिस्टम उदाइरहेको छ। यी ४ एकाइले करिब १.५ लाख करोड रुपियाँको निवेश ल्याउनेछ। यी एकाइको सञ्चयी क्षमता करिब सात करोड चिप प्रतिदिनको रहनेछ। -पीआईबी