भद्रपुर: ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ।
रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई रविबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी
गरेको युवतीले बताएकी छन्। बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
युवतीले आफूलाई रोजगारी मिलाइदिने भन्दै अभियुक्तले होटलमा भेट गरौं भनी जबरजस्ती गरेको बताएकी छन्। अभियुक्त राईले आफूलाई बलत्कार गरी कुटपिट गरेर होटलमा बन्धक बनाएर राखेको पनि उनले बताएकी छिन्।
अर्को मान्छेले होटलको कोठाको ढोका खोलिदिएपछि युवती बाहिर निस्किएर प्रहरीकोमा पुगेकी थिइन्। पीडित युवतीको धरानमा आफन्त कोही नभएकोले उनलाई प्रहरीले संरक्षण गरेर राखेको छ।