मोरङको बूढीगंगामा दुर्घटना, ८ जना घाइते

IMG-20240902-WA0206

भद्रपुर: मोरङको बूढीगंगामा सोमबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-२ टंकी चोकमा सडक पार गर्दै गरेको ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भेन सडकमा पल्टिएको प्रहरीले जनाएको छ। ट्रकलाई बचाउने क्रममा दिउँसो १ बजेतिर दुर्घटना हुँदा म्याजिकमा सवार ८ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement