गोर्खाहरूको समस्या समाधानको लागि यी गोरामुमोको बौध्दिक र गणतान्त्रिक आन्दोलन हो: जेबी गुरुङ
खरसाङ: गोरामुमोद्वारा तीनधारे सुकना समष्टि क्षेत्रमा कालो झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ।
गोरामुमो तीनधारे सुकुना समष्टि अन्तर्गत राष्ट्रिय राजमार्ग ५५ मा कालो झण्डा लगाएको जानकारी प्राप्त भएको छ। यस क्रममा महानदीको ६३ लाइनदेखि घैयाबारी, तीनधारे, चुनभट्टी हुँदै रङटङ टसम्म कालो झण्डा लगाउँदै गोर्खाहरु खुसी छैनन् र भारत सरकार न्याय देउ भनी सन्देश दिन कालो झण्डा लगाएको बताइएको छ। यस कार्यमा गोरामुमो केन्द्रीय सदस्य एंव तीनधारे सुकना समष्टिको सभापति जेबी गुरुङ, समष्टी सचिव प्रमोद थापा, जेएनडब्ल्युओ समष्टी सभापति लगायात अन्यहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोरामुमो तीनधारे सुकना समष्टीको सभापति एंव गोरामुमो केन्द्रीय सदस्य जेबी गुरुङले गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा एउटा बौध्दिक र गणतान्त्रिक आन्दोलन शुरु गरिएको बताएका छन्। उनले पहाड़का जनता सरकारसित खुशी छैनन् भन्दै पहाड़मा कालो झण्डाहरू लगाउने कार्य भईरहेको क त्यही अनुसार गोरामुमो तीनधारे सुकना समष्टीको विभिन्न स्थानहरू अन्तर्गत महानदीको तिरसट्टी पाखादेखि तीनधारेको रंगटङ्गसम्म पनि कालो झण्डाहरू लगाउने कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्। जेबी गुरुङले भने, भारत सरकारले गोर्खाहरूको स्थायी राजनैतिक समाधान हुन्छ भनेर पनि अहिलेसम्म नदिएको अनि कुनै समाधान भएको छैन। कालो झण्डा लगाउनऩु कसैको सिध्दान्तको विरोध गर्नु होइन तर समग्रमा गोर्खाहरू खुशी छैनन् अनि सरकाले संवैधानिक रूपमा रहेको व्यवस्था झट्टै दिनु पर्ने मांग रहेको छ।”

जेबी गुरुङले अघि भने, ‘गोरामुमो अध्यक्ष मन घिसिङले गोर्खाहरूको समस्या समाधानको लागि आगामी ४ अप्रेल २०२५ सम्मको अल्टीमेटम दिएका छन्। गोर्खाहरूको एकता र स्वभिमानलाई देखाउन सबै पार्टीहरू पनि आफ्नो झण्डा त्यागेर एकबध्द भई अघि आउनुपर्छ।’