भद्रपुर: पछिल्लो एक महिनाको अबधिमा अमेरिकामा ३ नेपालीले ज्यान गुमाएका छन्। अमेरिकाको मेरील्यान्डमा बस्दै आएका पर्वतका ४७ वर्षीय शान्तलाल प्रधान गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका छन्। गणित शिक्षक उनी सन् २०१५ मा गएका थिएर र सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए। प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्। उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ।
यसै हप्ता अध्ययनका लागि सन् २०२१ मा अमेरिकाको ह्युष्टनमा पुगेकी भोजपुरकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका थिए।

त्यस्तै भर्जिनियामा नेपाली ममता काफ्लेलाई उनकै पतिले हत्यागरी आफ्नै घरपछाडि गाडेका थिए। उनका पति पक्राउ परिसकेका छन्।