समाजसेवी कञ्चन कुलुङले कुशे औँशीमा गरिन् आधारभुत बिद्यालयमा आर्थिक सहयोग र शैक्षिक सामाग्री बितरण

IMG-20240902-WA0191

भद्रपुर: कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनका अबसरमा मोरंगको बेलबारी ३ की समाजसेवी कञ्चन कुलुङ राईले स्थानीय श्री आधारभुत बिद्यालयमा आर्थिक सहयोग सहित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण र दिउँसोको खाजा खुवाएकी छिन।
राईले बिद्यालयमा १० हजार ७ रुपैया आर्थिक सहयोग, बिद्यार्थीहरुलाई आबश्यक शैक्षिक सामाग्री बितरण र सोही बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई दिउँसोको खाजा समेत खुवाएकी हुन। बेलबारीमा राजनीतिक तथा सामाजिक ब्यत्तित्वको रुपमा स्थापित राईले यस्तो महत्वपुर्ण दिनका अबसरमा भोलिका कोपिलाहरु सँग केही समय बिताउन पाउँदा र उनीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताईन्।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित बेलबारी ३ का सदस्य चन्द्रबहादुर राई यस्तो सत्कर्मको प्रशंषा गरे। उनले बिद्यालयको शैक्षिक सुधारदेखि हरेक कुरामा सुधार भएको भन्दै खुसी समेत ब्यत्त गरे। कार्यक्रममा बिद्यालयका प्रधानध्यापक लिलाप्रसाद आचार्यले समेत सामाजिक ब्यत्तित्व राईको सहयोग अतुलनिय रहेको बताए। उनले आगामी दिनमा समेत यस्ता सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको बताए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द चोङबाङको सभापतित्व, प्रधानध्यापक लिलाप्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा बेलबारी ३ का वडासदस्य बिमला तामाङ,खानेपानी टोल बिकास संस्थाका अध्यक्ष टिका धिमाल, समाजसेवी जोगबहादुर लिम्बु, राजिब राई, दिपा राई (गुरुङ) लगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement