भद्रपुर: मोरङ्गको विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन्।
कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुलेआज सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए। उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भईरहेको जनाएको छ। उनको अवस्था बाहिर चोटपटक नलागे पनि भित्री चोटपटक के छ भन्ने विषयमा थप रिर्पोटहरु आएपछि मात्रै थाहा हुने अस्पतालका चिकित्सकले बताए।
विराटनगर १ भट्टाचौक घर भएकी मुर्मुले यस अघि पनि स्कुलका शिक्षक शिक्षिका र साथीहरुलाई हाम फाल्ने धम्की दिने गरेको बुझिएको छ। संगिताका बुबाले छोडेर गएको र आमा गितादेवी मुर्मुसँग बस्दै आएकी उनी मानसिक समस्या रहेको स्कुल प्रशासनले जनाएको छ।