दार्जीलिङ: अविलम्ब राष्ट्रपति शासन लागु गरिनपर्ने माग गर्दै पूर्व घोषित कार्यक्रमअनुसार भाजपा दार्जीलिङ जिल्ला कमिटीले आज दार्जिलिङ जिल्लापाल कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ। यसअवधि अन्य नेतृत्व अनि कार्यकर्ताहरूको साथ उपस्थित जिल्ला कमिटी उपाध्यक्ष तथा प्रवक्ता एलएम लामाले कलकत्तामा ट्रेनी डाक्टरमित भएको घटनाको विरोधमा भाजपाले बंगालभरि विक्षोष प्रदर्शन गरिरहेको र सोही अनुरूप भाजपा दार्जीलिङ कमिटीले पनि आज विशेष प्रदर्शन गरेको बताउदै पीडिताले न्याय नपाएसम्म विक्षोष प्रदर्शन जारी रहने बताए।
