विधायक बीपी बजगाईको अगुवाईमा भाजपाद्वारा भाषा संग्रामी बुद्धिमान प्रधान बमपसहित विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना

photocollage_202282019466972.jpg

खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईको अगुवाईमा अाज नेपाली भाषा मान्यता दिवसको अवसरमा खरसाङ क्षेत्रका नेपाली भाषा आन्दोलनमा सक्रिय रूपमा भूमिका निर्वाह गर्ने विशिष्ट व्यक्तिहरूलाई घर घरमा गएर सम्मान जनाउने कार्य गरिएको छ। खरसाङका भाजपा विधायक बीपी बजगाईसितै भारतीय जनता पार्टी खरसाङ मण्डलको प्रतिनिधिहरू पनि खरसाङको विभिन्न क्षेत्रहरूमा गएर नेपाली भाषा मान्यताको लागि बहुमूल्य योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना जनाइएको छ। यस क्रममा उक्त टोली भाषा संग्रामी एंव वरिष्ठ व्यक्तित्व बुध्दिमान प्रधान ‘बमप’ को खरसाङको सन्त मेरिजस्थित घरमै पुगेर सम्बर्ध्दना जनाएका छन्। त्यसरी नै चन्द्र शर्मा, तुलसी अधिकारी र वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमको घरमै पुगेर सम्बर्ध्दना जनाएका छन्। नेपाली भाषा मान्यता दिवसको अवसरमा उक्त व्यक्तिहरूलाई घर घरमै गएर भेट गरी भलाकुसारी गर्दै खरसाङका विधायक बीपी बजगाईको बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। त्यसरी भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङमा पनि पुगेर पुस्तकालयको पदाधिकारीहरूलाई भेट गरी पुस्तकालयलाई सम्मान जनाइएको छ। यस कार्यमा खरसाङका विधायक बीपी बजगाईसितै भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, युवा जिल्ला सचिव बिनय प्रसाद, खरसाङ मण्डलको सभापति मदन जोगी, मण्डलको महासचिव सन्दीप रावत, खरसाङ टाउन कमिटीको सभापति निरपराज रणपहेंली र जिल्ला आईटी सेल संयोजक चन्दन प्रसाद विशेष रूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement