विभिन्न समाजका प्रतिनिधिहरूलाई लिएर बालुवाबास पुल संरक्षण कमिटी गठन

photocollage_202492165057584

दार्जिलिङ: बालुवाबासमा नव निर्मित ब्रिज अनि स्काई वक झोलुङ्गे पुलको सुरक्षा र विकासको निम्ति बालुवाबास तीन पुल संरक्षण कमिटी गठन गरिएको छ। दावा छिरिङ तामाङको अध्यक्षतामा सम्पन्न सभामा सिङताम कमानदेखि जम्मा ११ वटा समाजका सभापति – सचिव अनि लोवर चुङथुङबाट ८ वटा र लोवर लिजाहिलदेखि ३ वटा समाजका सभापति – सचिवहरु उपस्थित थिए भने सदर एक दार्जीलिङ समष्टिका सभासद प्रतिम सुब्बा लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यो संरक्षण कमिटीमा पदाधिकारीहरु सभापति सिङतामबाट दावा छिरिङ तामाङ, चुङथुङबाट बिजय शेर्पा, सचिव सिङतामबाट नविन राई, चुङथुङबाट महेन्द्र राई लगायत प्रमुख संरक्षक सदस्यहरु सभासद प्रतिम सुब्बा, सुरज तामाङ, दिपक राई, रुबेनराज प्रधान, जिग्मी शेर्पा आदिलाई चयन गरिएको छ। यस दिन सबै समाजका प्रतिनिधिहरूले बालुवाबास तीन पूल संरक्षण कमिटी विषयमा सुझावहरु राखे भने बालुवाबासको उत्तरोत्तर प्रगतिको निम्ति एक जुट भई अघि बढ्नु पर्ने मन्तव्य सबैले राखे। सभासद प्रतिम सुब्बाले जबदेखि निर्माण कार्य शुरू गरियो तबदेखि नै कुनै राजनैतिक रंग भेद नगरिएको जनाए। श्रमदानको निम्ति विभिन्न पार्टी संघ संस्थाहरुदेखि सदस्यहरु आएको बताउँदै कसैले राजनैतिक रंग लगाउँछ भनेर नै आफु मिडिया अघि नआएको पनि उनले जनाए। सभासद सुब्बाले आगमी दिनमा चाँढै बालुवाबासमा जीपलाङ, स्वीमिङ पुल, रक क्लाइम्बिङ आदि योजनाहरु पनि निर्माण गरिने जानकारी दिए। यी सबै योजनाहरुको निम्ति अब उसो कमिटीमा नामको लागि मात्र नभएर एक सक्रिय सदस्यको रूपमा अघि आउनु पर्ने उनले आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement