आरजीकल घटनालाई लिएर भाजपाद्वारा कालेबुङमा प्रतिवाद जुलुस

IMG-20240902-WA0178

राज्यमा राष्ट्रपति शासन लागु गरिनु पर्ने भाजपाको माग

कालेबुङ: कोलकाता आरजी कर मेडिकल कलेजको घटनालाई केन्द्र गर्दै महिलाहरूको सुरक्षा गरिनु पर्ने मागमा भाजपा दार्जीलिङ जिल्ला समितिले आज कालेबुङमा प्रतिवाद जुलुस निकालेको थियो।
भारतीय जनता पार्टीको जिल्ला अध्यक्ष कल्याण देवानको अगुवाईमा निकालिएको उक्त प्रतिवाद जुलुस १० माईल फाटकबाट आरम्भ गरिएको थियो। जुलुसले शहरको विभिन्न मार्गहरु परिक्रमा गर्दै कोलकाता घटनामा सङ्लग्न दोषीहरुले कानुन अनुरुप सजाई पाउनु पर्ने माग गरेका छन्। जुलुसमा भाजपा कालेबुङका नेताहरु शुभ प्रधान लगायत भाजपा महिला अनि युवा प्रकोष्टका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त जुलुस जिल्लापाल कार्यालय पुगेपछि उपस्थित भाजपा समर्थकहरुले बङ्गाल सरकार विरुद्ध व्यापक नाराबाजी गरेका थिए।

यस अवधि भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानको नेतृत्वमा एक टोलीले जिल्लापालसित भेट गरेका छन्। उक्त भेटपछि कल्याण देवानले पचिम बङ्गालमा कानुन अनि संविधानको उलंघन गरिएको आरोप लगाउँदै राज्यमा राष्ट्रपति शासन लागु गरिनु पर्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement