नेशनल हाइवेमा केही सुधार भएको खबर

WhatsApp-Image-2024-09-02-at-11.01.37

डा हरिमोहन पोखरेल, कोहिमा

कोहिमा: नेशनल हाइवे -२९ को कोहिमा जिल्ला अन्तर्गत जुब्जा पूलको छेउमा गएको पैर्होमा केही मात्रामा सुधार भएको खबर छ। प्राप्त समाचार अनुसार अहिलेसम्म सानो र हल्का गाडीहरु भने आवतजावतको लागि वान वे रुटको रूपमा शुरु गरेको खबर छ। विभिन्न संचार माध्यमबाट प्राप्त समाचार अनुसार आगामी केही दिन अझै लाग्ने सम्भावना रहेको  बताएको छ।

विशेष सुत्रबाट प्राप्त समाचार अनुसार भने निरन्तर रूपमा लेदो र पानीको बहावले गर्दा काममा निरन्तरता दिनमा बाधा आएको खबर छ। नेशनल हाइवे इन्फ्रासटज्चर एवं डिभेलपमेन्ट लिमिटेडको भनाइअनुसार समयमा दिएको अर्को कम्पनीले काम नगरेको कारणले गर्दा आज रातदिन जुट्नु परेको र गाडीको आवतजावतमा बाधा आएको बताइएको छ। उनले अगाडि थपे, ‘हाम्रो प्रयास छिटो भन्दा छिटो हाइवे सफाइ गरेर जनतालाई राहत पुर्याउनु हो।‘ स्मरण रहोस कोहिमा जिल्ला अन्तर्गत जुब्जा पुलको छेउमा पैर्होले गर्दा इम्फाल -दिमापूर नेशनल हाइवे २९ मा आवतजावत बन्द भएको करीब १५ दिन जति भएको छ। सरकारले सक्दो निरीक्षण पनि गरेको फेरि पनि सुधार हुन नसक्नु एउटा कथा भएको छ। जो आउने भविष्यले बताउने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement