लखनऊ: हकी इण्डियाले बताएअनुसार, अहिलेसम्म सरकारी विभाग या सार्वजनिक क्षेत्रको एकाईहरू (पीएसयू)-मा नोकरी नपाउने पुरुष र महिला कोर समूहका सदस्यहरूलाई २ लाख रुपियाँको अनुदान दिइनेछ। हकी इण्डियाका अध्यक्ष डा. दिलीप तिर्कीले भने, अधिकांश हकी खेलाड़ीहरूलाई नै घरेलु र अन्तर्राष्ट्रिय म्याचहरूमा उनीहरूका प्रदर्शनको निम्ति पीएसयू र सरकारी विभागहरूद्वारा नोकरी दिइन्छ तर हामीले सीनियर कोर ग्रुपमा सामेल केही नयाँ खेलाड़ी, विशेषगरी महिलाहरू बेरोजगार छन्। बेरोजगार खेलाड़ीहरूलाई वित्तीय सहायता प्रदान गरिनेछ, जसले गर्दा उनीहरूले आफ्नो परिवारको हेरचाह गर्न संघर्ष गर्नु पर्नेछैन। हकी इण्डियाको कार्यकारी बोर्डले लखनऊ एजीएम-मा यस्ता खेलाड़ीहरूमा प्रत्येकलाई २ लाख रुपियाँको अनुदान दिने फसेला गऱ्यो।
उल्लेखनीय छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हकी इण्डियाको ३१ राज्य सदस्य एकाईका प्रतिनिधिहरू र हकी इण्डिया कार्यकारी बोर्डका सदस्यहरू, अध्यक्ष डा. दिलीप तिर्की, महासचिव भोलानाथ सिंह र कोषाध्यक्ष शेखर जे मनोहरनलाई लखनऊस्थित आफ्नो आवासमा आमन्त्रित गरेको थियो। यस अवसरमा राज्यका खेल मन्त्री गिरीश चन्द्र यादव पनि उपस्थित थिए। यस बैठकमा उत्तर प्रदेशमा हकीको विकासमाथि चर्चा भयो। त्यस कार्यक्रमपछि हकी इण्डियाको एजीएम पहिलोपल्ट लखनऊमा आयोजित गरियो। बैठकको अवधि हकी इण्डिया लीगमाथि पनि महत्त्वपूर्ण फसेला लिइयो। यसबाहेक अधिकारीहरूले सीनियर र जूनियर पुरुष र महिला भारतीय राष्ट्रिय टीमहरूद्वारा गरिएको प्रगति, भारतमा आउँदो आयोजनहरू र जमीनी स्तरमा विकास कार्यक्रमहरूमाथि पनि चर्चा भयो।









