हाई जम्पमा निषाद कुमारले जिते रजत पदक

IMG-20240902-WA0116

पेरिस: निषाद कुमारले पुरुषहरूका हाई जम्प (टी४७) स्पर्धामा भारतलाई रजत पदक दिलाए। उनलाई स्वर्ण पदक गुमाएको अफसोस पनि रहनेछ। यस स्पर्धामा उनी दोस्रो स्थानमा रहे जबकि अमेरिकाका टाउनसेण्ड रोडेरिकले असाधारण प्रदर्शन गर्दै स्वर्ण पदक जिते। प्यारालम्पिक खेलहरूमा यो उनको लगातार तेस्रो स्वर्ण पदक हो। यसरी २५ वर्षीय निषादले दुईवटा प्यारालम्पिकमा पदक जित्ने सबैभन्दा कम्ती उमेरका भारतीय हुने गौरव पनि हासिल गरे। निषादले टोक्यो प्यारालम्पिक २०२०-मा पनि रजत पदक जितेका थिए। पेरिसमा उनले आफ्नो अमेरिकी प्रतिद्वन्द्वीलाई कड़ा चुनौती दिए पनि स्वर्ण जित्न सकेनन्। पेरिस प्यारालम्पिकमा रजत पदक जितेपछि निषादले खेल भावनाको असाधारण नमूना पेश गरे। उनले अमेरिकी प्रतिद्वन्द्वीलाई अँगालो हालेर स्वर्णिम सफलताको निम्ति बधाई दिए। निषादले यस सीजनको सर्वश्रेष्ठ प्रदर्शन गरेर रजक पदक जिते। यस स्पर्धामा काँस्य पदक मार्गिएव जर्जीले जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement