माइपाते थापसाङ गैर सरकारी संस्थाको अगुवाइमा सफाई अभियान समपन्न

IMG-20240901-WA0276

गोरुबथान: माइपाते “थापसङ गैर-सरकारी संस्था” को अगुवाईमा सफाई कार्यक्रम सफलतापूर्वक आयोजन गरियो। कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान स्थानीय जागरूक युवाहरू सरोज राई, निमा शेर्पा, अनमोल क्षेत्री, बिपन सुब्बा, रमेष गिरी, सुरेन तामङ, जीवन गुरूङ साथै नानीहरू प्रज्जल राई अनी रजल गिरीले दिएका छन्। संस्थाको पक्षबाट बिकाश चामलिङ राई , हेमन्त राई अनि सुषन गुरूङ उपस्थित थिए।

आजको यो सफाई अभियान कार्यक्रममा सफल बनाउन सरिता शेर्पा संसद ग्राम पञ्चायत सदस्य अनि समाज सेवक राजेस राईले आर्थिक सहयोग पुर्‍याएका छन्। सबै सहयोगीहरू प्रती संस्थाको पक्षबाट धन्यवाद साथै आगामी दिनहरूमा पनि यसरीनै सहयोगको आशा साचेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement