नशामुक्त भारत अभियान अन्तर्गत लागुऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजित

n62908243317252129731762ba2323e4c6895c805d64b00cf5d4595b7e4d5bccf2faa3513c3e50242de8927

पाकिम: माझीटार वार्ड नम्बर एकमा आज नशामुक्त भारत अभियान अन्तर्गत लागुऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजन गरियो। कार्यक्रम पार्षद सन्जु मंगरको अगुवाईमा र आरएनपी सभापति सन्जीव खाती, पाकिमका एसडीएम थेन्डुप लेप्च, एसडीपीओ महेन्द्र सुब्बा र एमईओ सुरेन तामाङको उपस्थितिमा सम्पन्न गरियो।

कार्यक्रमको आयोजना लागुऔषधको प्रभावको बारेमा सचेत गर्नु, साइबर खतराबाट सुरक्षा, भारत न्याय संहिताको महत्त्व बताउनु र स्वच्छ सर्वेक्षण २०२४ जस्ता साफ सफाई पहलहरूमा सक्रिय सहभागिताको आवश्यकताबारे जागरूक गर्नु रहेको बताइएको छ।

कार्यक्रममा सारथी सिक्किमबाट आएका स्रोत व्यक्ति बिशाल शर्माले लागुऔषध, साइबर क्राइम, भारत न्याय संहिता र आगामी स्वच्छ सर्वेक्षण २०२४ को बारेमा विस्तृत जानकारी गराए। यसैगरी, रम्फू पुलिस थानाकी निरीक्षक छोमु लाचुङ्गपाले समुदायमा साइबर क्राइम र लागुऔषधको दुरुपयोगलाई लिएर बढ्दो चिन्तामाथि ध्यान आकर्षित गराइन्। उनले डिजिटल युगमा सतर्क बस्नुको महत्त्वमाथि पनि प्रकाश पारिन्।

कार्यक्रममा उपस्थित स्थानीय मानिसहरू र युवाहरूको निम्ति अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो, जसमा सबैले सक्रिय रूपमा भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement