राष्ट्रिय खेलकूद दिवस पालन

n62908243217252127138204ababe2191b3f06e20b1cfff1edae6f6017130bc78985ee993c9b1b83dfcbdc1

सोरेङ: सोरेङ जिल्लाको खेलकूद एवम् युवा मामिला विभागको पहलमा हिजो सोरेङ जिल्लाको जौटार स्टेडियममा राष्ट्रिय खेलकूद दिवस पालन गरियो। प्रत्येक वर्षको २९ अगस्तको दिन प्रसिद्ध हक्की खेलाडी मेजर ध्यानचन्दको जन्म दिवसको अवसरमा देशभरि नै राष्ट्रिय खेलकुद दिवस पालन गरिन्छ।

यस कार्यक्रममा सोरेङ माध्यमिक विद्यालयका प्रचार्य डा. पीबी छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खेलकूद विभागका अतिरिक्त निर्देशक डीबी सुब्बाले ओलम्पिकमा भारतको प्रतिनिधित्व गर्दै लगातार ३ पटक स्वर्ण पदक जितेका महान हक्की खेलाडी मेजर ध्यानचन्दको सम्मानमा राष्ट्रिय खेलकूद दिवस पालन गरिएको बताए।

कार्यक्रममा चीफ मिनिस्टर वान माइल रन १७ वर्षमुनिका पुरूष र महिलाहरूको निम्ति आयोजना गरियो। चिफ मिनिस्टर वान माइल रन अन्तर्गत महिला वर्गमा केजिया राई प्रथम, सुमिता सुन्दास दोस्रो र जेलिना मंगर तेस्रो भइन्। सोही प्रकारले पुरूष वर्गमा प्रज्वल राई प्रथम, एन्ड्रिक सुब्बा दोस्रो र अनुशल वानिया तेस्रो भएका छन्।

About Author

Advertisement