कुपोषणमुक्त समाज तयार गर्न सामुहिक जिम्मेवारी जरूरीः मन्त्री लेप्चा

IMG-20240901-WA0260

गान्तोक: सिक्किम सरकारका महिला तथा बाल विकास मन्त्री साम्डुप लेप्चाले आज रेशीथाङको खेलगाउँमा ७औँ राष्ट्रिय पोषण माह २०२४ को उदघाटन गरे। यो कार्यक्रम हरेक वर्ष मिशन पोशन २.० को रुपमा आयोजन गरिन्छ। जो १ देखि ३० सेप्टेम्बरसम्म देशभरिका जम्मै राज्य र केन्द्रशासित राज्यहरुमा आयोजन गरिन्छ। मुख्यगरि महिलाहरुमा हुने एनिमिया, पौष्टिक आहार अनि स्वास्थ्य जीवनशैलीमाथि ध्यान दिएर सञ्चालित गरिएको छ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने दिशामा सक्रियता अप्नाउनुपर्ने उल्लेख गर्दै पोषण सामग्री, यसको आपूर्ति, आउटरिच र राम्रो परिणामहरूलाई सुदृढ गर्न एकीकृत पोषण सहयोगी कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरेको जानकारी दिए। मन्त्री लेप्चाले प्रधानमन्त्रीद्वारा ८ मार्च, २०१८ मा राजस्थानको झुन्झुनु जिल्लामा पोषण अभियान शुरु गरेर देशका महिलाहरु, स्तनपान गराइरहेका आमाहरू र ०-६ वर्षका बालबालिकाहरूको पोषण स्थितिमा सुधार ल्याउन राष्ट्रव्यापी अभियानको घोषणा गरेको जानकारी गराए। कार्यक्रममा डर्टी एन्जल मोटरसाइकल क्लबद्वारा मशाल बालेर अभियानको सन्देश दिइएको थियो। यसबीच अभियानबारे जागरुकता गराउऩ शपथग्रहण पनि गराइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विभागका अतिरिक्त सचिव बन्दना राईले डर्टी एन्जल मोटरसाइकल क्लब, प्याराग्लाइडर्स, आईसीडीएसका विद्यार्थीहरू र आँगनवाडी कार्यकर्ताहरूको उत्साह र सक्रिय सहभागिताप्रति आभार व्यक्त गरिन्। महिनाव्यापी कार्यक्रमले विशेष स्तनपान र पोषण आहारमाथि ध्यान केन्द्रित गर्नेछ। यसअघि विभागकी सहनिर्देशक सोनाम ल्हमु भोटियाले यस कार्यक्रममा हुने विभिन्न गतिविधिहरूबारे प्रकाश पारिन्। उनले पोषण माह-को उद्देश्यबारे उल्लेख गर्दै साना बालबालिका र महिलाहरुमा रहेको कुपोषणलाई समाधान गर्न अनि सबैलाई स्वास्थ्य र पौष्टिक पोषण सुनिश्चित गर्न सरकारले पहल गरेको जानकारी गराइन्। कार्यक्रममा मंगनबाट आएका महिलाहरुले विभिन्न सामग्रीहरुको प्रदर्शनी गरेका थिए। जसको अवलोकन मुख्य अतिथि लेप्चाले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement