पाकिम: स्थानीय कृषकहरू साथै कृषि हितधारकहरूसँग भेटघाट गर्न अनि उनीहरूको समस्या र आवश्यक्ताहरूबारे बुझ्न राज्यका कृषि मन्त्री पुरण कुमार गुरुङले आज रिनाक निर्वाचन क्षेत्रअन्तर्गत दामलाखा, मामजे, याक्तेन अनि वरपरका अन्य गाउँहरूको भ्रमण गरे। यस अवसरमा मन्त्रीको साथमा विभागका अधिकारीहरू साथै स्थानीय पञ्चायतहरूको उपस्थिति रहेको थियो।
सबै गाउँमा मन्त्री गुरुङले प्रत्येक किसानहरूसँग कुराकानी गरे। कुराकानीमा मन्त्रीले किसानहरूको अथक मेहनतको निम्ति सराहना गर्नुको साथै उनीहरूको समस्याहरू पनि सुने। यसको साथै उनले ती किसानहरूलाई विभाग र सरकारको पक्षबाट सक्दो सहयोग प्रदान गर्ने आश्वासन पनि दिए। मन्त्रीले राज्यमा कृषिजन्य उत्पादनमा वृद्धिको निम्ति किसानहरूलाई प्रोत्साहित पनि गरे।
यस भ्रमणअवधि मन्त्री गुरुङको साथमा कृषि विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटिया र वार्ड पञ्चायत उर्गेन लेप्चाको विशेष उपस्थिति रहेको थियो।









