इम्फाल: आइतबार मणिपुरको उपत्यका क्षेत्रमा संदिग्ध उग्रवादीहरूले गरेको गोलीबारीमा एक महिलाको मृत्यु भएको छ भने एक जना पुलिस अधिकारी र मृतक महिलाकी छोरीसहित चार जना घाइते भएका छन्। भारी हतियारधारी उग्रवादीहरूले पहाडको टुप्पोबाट अन्धाधुन्ध गोली चलाए र कौत्रुकको तल्लो उपत्यका क्षेत्र र इम्फाल पश्चिम जिल्लाको छिमेकी कडाङबान्डमा बमहरू प्रहार गरेको समाचार बताइएको छl सञ्चारमाध्यमको समाचर अनुसार पुलिस अधिकारीले भने कि संदिग्ध आतंककारीहरूको अचानक आक्रमणले व्यापक तनाव र आतंक मच्चाएको छ, जसले महिला, बालबालिका र वृद्धहरूसहित धेरै गाउँलेहरू सुरक्षित ठाउँहरूमा भाग्न बाध्य भएका छन्। मृतक मेइती सामुदायिक युवती नगङबम सुरबाला देवीको शव पोष्टमार्टमका लागि सरकारी क्षेत्रीय चिकित्सा विज्ञान प्रतिष्ठान (रिम्स) लगिएको छ। महिलाकी छोरी र पुलिस अधिकारी एन रोबर्ट (३०) लाई पनि रिम्समा भर्ना गरिएको छ भने अन्य दुई जनालाई अर्को अस्पतालमा भर्ना गरिएको छ। मृतक महिला र अन्य घाइतेहरु आफ्नो घरमा रहेका बेला एक्कासी गोलीबारी भएको समाचार छ।