नयाँ दिल्ली: इण्डियन वूमन्स लीग च्याम्पियन ओडिशा एफसी-को टीमले मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीको कुशल मार्गदर्शनमा असाधारण उपलब्धि हासिल गर्दै एएफसी वूमन्स च्याम्पियन्स लीगको पहिलो संस्करणको ग्रुप चरणमा स्थान बनायो। ओडिशा एफसी-ले जोर्डनको जार्कामा भएको प्रीलिमिनेरी राउण्डमा शीर्ष स्थान हासिल गरी टुर्नामेण्टको ग्रुप चरणमा पुग्ने पहिलो भारतीय टीम बन्ने गौरव हासिल गऱ्यो। ओडिशा एफसी-ले आफ्नो अन्तर्राष्ट्रिय पदार्पणमा सिंगापुरको लायन सिटी सेलर्स एफसी-लाई ४-१-ले पराजित गऱ्यो। यसरी नै भारतीय क्लबले आयोजक देशको ऐतिहाद क्लबविरुद्ध पनि २-१-ले जीत हासिल गऱ्यो।










